scheduleसोमवारमाघ १२ गते, २०७७

नेकपा बैठक जारी

काठमाडाैं, १७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज पाचौं दिनको बैठकमा पनि सरकार हटाउन छिमेकी भारत र नेताहरु भित्रभित्र लागेको भन्ने प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयमा छलफल भएको छ ।

आजको बैठकमा जननेता मदन भण्डारीको जयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राखेका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा(एमाले) को सम्बन्धमा छलफलमा सदस्यले भाग लिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सो विषयमा आज योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडाले आआफ्ना धारणा राखेका थिए। नेकपा स्थायी कमिटीको अर्काे बैठक असार १८ गते बिहीबार ११ बजे पुनः बस्ने छ । बैठक यही असार १० गतेदेशि शुरु भएको हो । बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसीलगायत कार्यसूची छन् । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay