scheduleमगलवार श्रावण २० गते, २०७७

काभ्रेमा टिपरको ठक्करबाट दुईको मृत्यु

काभ्रे, १७ असार । काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–२ डुडामुखमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ का मोटरसाइकल चालक ५२ वर्षीय वेदप्रसाद कोइराला र मोटरसाइकलको पछाडि सवार ५३ वर्षीय गोर्बद्धनप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपाबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले आज दिउँसो सोही दिशातर्फ जाँदै गरेको बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै जनाको मृत्यु भएको हो ।

मृतक दुवै जनाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

घटनापश्चात टिपर चालक टिपर छोडेर फरार भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय