scheduleबुधवार श्रावण २१ गते, २०७७

आइसिसीका अध्यक्ष मनोहरको कार्यकाल सकियो, एकहप्ता भित्र नयाँ अध्यक्ष

एजेन्सी, १७ असार । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष शंशाक मनोहरको कार्यकाल समाप्त भएको छ । दुइ पटकसम्म अध्यक्ष पद सम्हालेका उनले तेस्रोपटक कार्यभार सम्हाल्ने इच्छा व्यक्त गरेनन् र बुधवार राजीनामा दिएका छन् ।

आईसीसीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार हालका उपाध्यक्ष इमरान ख्वाजालाई चुनाव नभएसम्म अन्तरिम अध्यक्ष बनाइएको छ।

उनी यसअघि दुई पटकसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ) का समेत अध्यक्ष भइसकेका छन् । ६२ वर्षीय मनोहर पेशाले वकिल हुन् ।

यसैबीच अबको एकहप्ता भित्रमा नयाँ अध्यक्ष चयन गरिने छ जसका लागि प्रमुख दाबेदारका रुपमा इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) का हालका अध्यक्ष कोलिन ग्रेभ्स रहेका छन् । उनको इसिबीको कार्यकाल यही अगस्ट ३ मा सकिदैँछ ।

आईसीसीको संविधान बमोजिम ६ वर्ष वा त्यो भन्दा बढी समयसम्म पद नओगटेका कुनै एक बोर्डका वर्तमान निर्देशक वा पूर्व निर्देशक कुनै पनि सदस्य राष्ट्रले प्रस्ताव गरेमा अध्यक्षको पदका लागि प्रतिस्पर्धा गर्न योग्य हुन्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय