scheduleआइतवार श्रावण २५ गते, २०७७

ओलीलाई पद छोड्न निर्णय गराउने प्रचण्ड–नेपालसहित बहुमत नेताहरूको निष्कर्ष

काठमाडाैं, १७ असार । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई स्थायी समिति बैठकबाट राजीनामाका लागि निर्देशन दिने निर्णय गर्न लगाउने नेकपाका बहुमत नेताहरुले निष्कर्ष निकालेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको ललितपुरको झम्सिखेलस्थित अँगेनो रेष्टुरेन्टमा भएकाे भेलाले यस्ताे निर्णय गरेकाे हाे ।

भेलामा ४५ सदस्यीय स्थायी समितिका बहुमत सदस्य सहभागि थिए ।

साँझ ५ बजेबाट ८ बजेसम्म चलेको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ३० जना नेता सहभागी थिए । पर्यटनमन्त्री योगेश भट्टराईबाहेक सरकारमा सहभागी प्रचण्ड र नेपालनिकट सबै मन्त्रीहरू पनि सहभागी थिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’समेत सहभागी भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय