scheduleबुधवार श्रावण २१ गते, २०७७

चितवनको कालिका नगरपालिकाका २ जनामा कोरोना संक्रमण

चितवन, १७ असार । चितवनमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले राति १० बजे दिएको जानकारी अनुसार चितवनको कालिका नगरपालिकाका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालमा असार १७ गते संकलन गरिएका कुल ११९ स्वाबको कोरोना परीक्षण गरिएको थियो जसअनुसार २७ वर्षीय महिला र ३६ वर्षीय पुरुष गरी २ जनामा संक्रमण देखिएको हो भने बाँकी ११७ वटा स्वाबको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

चितवनमा आज विहान मात्र १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय