scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

तुलसीको पात प्रयोग गर्नुहोस्, यस्ता छन् फाइदाहरु

साधारण पेट दुखाइमा, कब्जियत हुँदा, खान मन नहुँदा रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।

मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बिउलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।

विषम ज्वरो वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्नसकिन्छ । जसले साधारण रुघाखोकी हुनबाट जोगाउँछ ।

किटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

तुलसीको पातलाई धूलो पाउडर बनाई नरिवलको तेलमा मिलाएर लगाउनाले कपाल झर्ने समस्याबाट मुक्ति मिल्नुका साथै कपाल स्वस्थ रहन मद्दत मिल्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय