scheduleबुधवार श्रावण २१ गते, २०७७

नातावादको आरोप खेपिरहेकी आलियाले गरिन ‘सडक-२’ का पोस्टर शेयर

एजेन्सी, १८ असार । अभिनेत्री आलिया भट्टले आफनो बहुप्रतिक्षित फिल्म ‘सडक-२’ को पोस्टर शेयर गरेकी छिन् । अलियाले समाजिक सञ्जाल ट्विटरमार्फत् सडक-२ पोस्टर सार्वजनिक गरेकी हुन् ।

आलियाले ट्विटरमा आफ्नो कमेट सेक्शन बन्द गरेकी छिन् । सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मबारे बहस शुरु भएको छ । नातावादको आरोप अधिकांश बलिउड किड्सलाई लागेको छ जुन छोटो अवधिमा ठूलो ब्यानरको चलचित्र पाएर बलिउडमा स्थापित छन् । खासगरी आलिया भट्ट, करिना कपुर, सोनाक्षी सिन्हा, बरुन धवन, रनवीर कपुर नातावादको आरोप खेपिरहेका छन् । प्रायः सर्ब स्टार किड्सले सामाजिक सञ्जालमा आफ्नो कमेन्ट सेक्शन बन्द गरका छन् ।

फिल्म निर्माता महेश भट्ट आफनो पुरानो हिट चलचित्र सडकको सिक्वल बनाउन लागेको हुन् । यो चलचित्र २९ वर्ष पुरानो हो । उनले आफ्नै छोरीलाई मुख्य भूमिकामा राखेका छन् ।

तर निर्माता कम्पनी यो चलचित्रलाई सिनेमा रिलिज नगर्ने जनाएको छ । यो चलचित्रलाई ओटीटी स्लेटफर्म डिज्नी र हटस्टारमा रिलिज गर्ने भट्टले निर्णय गरेका छन् ।

यस चलचित्रमा आलियासँगै सञ्जय दत्त, पुजा भट्ट र आदित्य राय कपुर मुख्य भूमिकामा रहने छन् भने जिशु सेन गुप्ता, मकरन्द देश पाण्डे, गुलशन ग्रोबर र मोहम्मद इकवाल खान सहायक भूमिका रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय