scheduleबुधवार श्रावण २१ गते, २०७७

किन ‘ओभररेटेड’ मानिन्छ सलमानको यो चलचित्र ?

एजेन्सी, १८ असार । बलिउड सुपरस्टार सलमान खानको फ्लप चलचित्र मध्येको एक हो ‘ट्युबलाइट’ । चलचित्र ‘बधाई हो’ का निर्देशक अमित शर्माका अनुसार सलमान खानको ‘टयूबलाइट’ सबै भन्दा बढी ओभररेटेड चलचित्र हो ।

उनले यो चलचित्रलाई राम्रो बनाउन सकिने तर निर्देशक असक्षम भएको बताए । कबीर खान द्वारा निर्देशित ‘ट्युबलाइट’ एक बहुप्रतिक्षित् चलचित्र थियो तर यस चलचित्रले सबैलाई निराश बनायो । यो चलचित्र रिलिज पछि सलमान खान र निर्दैशक कबीर खानको सोच माथि नै सवाल उठको थियो ।

चलचित्र ट्युबलाइटको एक दृश्यमा सलमान

‘मिड–डे’ को एक रिर्पोट अनुसार सलमान खानले आफनो बुवा सलिम खानको आदेशमा चलचित्रको नोक्सानको भरपाई गरेका थिए । सलमान खानको पिताले भनेका थिए, ‘जब एक वितरकको नोक्सान हुन्छ, तब निर्माता र निर्देशक समेत जिम्मेवार हुन्छन् र नोक्सानीको हिसा यी दुबैले पनि लिनुपर्छ ।’

यस चलचित्रको बारेमा सलमान खानले भनेका थिए, ‘ट्युबलाइट ईदमा रिलिज हुने चलचित्र थिएन । ईदमा रिलिज गर्नु नै हाम्रो गल्ति रहयो ।’

निर्देशक कबीर खानले इंडियन एक्सप्रेस सँग एक कुराकानीमा भनेका थिए, ‘सलमान खानलाई दर्शकले ट्युबलाइटमा रहेको भुमिका हेर्न चाहँदैनथे, उनलाई दर्शकले एक्शनमा बढी रुचाउने गर्छन । हामी ले दर्शकको मनको कुरा बुझ्न ढिला गर्यौं, त्यसकारण फिल्म फ्लप हुन पुग्यो ।’

१०० करोड भारुको लागतमा निर्माण गरिएको उक्त चलचित्रले करिब २११ करोड भारुको कमाइ गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय