scheduleबुधवार श्रावण २८ गते, २०७७

चेल्सीको नमिठो हार

काठमाडौँ, १८ असार । गएराति भएको प्रिमियर लिगमा चेल्सीलाई वेस्टहम युनाइटेडले नमिठो झट्का दिएको छ । वेस्टहमसँग चेल्सी ३-२ गोलले पराजित भएको छ । खेलको ४२ औँ मिनेटमा चेल्सीका विलियनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औँ मिनेटमा वेस्टहमका टोमस सोउसेकले वेष्टहमका लागि बराबरी गोल फर्काए । खेलको ५१ औँ मिनेटमा मिचेल एन्टोनियाले गोल गर्दै वेस्टहमलाई अग्रता दिलाए ।

तर, खेलको ७२ औँ मिनेटमा चेल्सीका विलियनले नै गोल गर्दै बराबरीमा स्थितिमा ल्याए । रेलिगेशनको खतरामा रहेको वेस्टहमका लागि खेलको ८९ औँ मिनेटमा एन्द्री आरमोलेन्कोले गोल गर्दै जित दिलाउन सफल भए ।

उता चेल्सीलाई शिर्ष चारमा स्थान बनाउन झन् कठिन यात्रा तय गर्नु पर्ने देखिएको छ । लिगको चौथो स्थानमा रहेको चेल्सीको ५४ अंक रहेको छ भने वेस्टहम ३० अंकका साथ लिगको १६ औँ स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय