scheduleबुधवार श्रावण २८ गते, २०७७

लेस्टर सिटी पराजित

काठमाडौँ, १८ असार । प्रिमियर लिगमा लेस्टर सिटीलाई इभर्टनले २-१ गोलले पराजित गरेको छ । यस सिजन शिर्ष चारमा पर्न संघर्ष गरिरहेको लेस्टरलाई यो हारले ठुलै धक्का लगाउन सक्ने समिक्षकहरुले बताएका छन् ।

पहिलो हाफमा नै इभर्टनले दुईको गोलको अग्रता बनाएको थियो भने दोस्रो हाफमा लेस्टरले एक गोलमात्र फर्काउन सफल भएको थियो । इभर्टनका लागि खेलको १० औँ मिनेटमा रिचार्लसनले गोल गरे ।

खेलको १६ औँ मिनेटमा गिल्फ सिगुर्डसन पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएर ।

दोस्रो हाफमा खेलमा फर्कन कोशिस गरेको लेस्टरका लागि एकमात्र गोल केलेची इहियानाचोले गरे । लेस्टर ५५ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ । इभर्टन ४४ अंकका साथ लिगको ११ औँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय