scheduleबुधवार श्रावण २८ गते, २०७७

म्यानचेस्टर युनाइटेडले शिर्ष चारमा स्थान बनाउने सम्भावना बलियो

काठमाडौँ, १८ असार । यस सिजनको प्रिमियर लिग थप रोमाञ्चक बनेको छ । लिभरपुल प्रिमियर लिग च्याम्पियन भइसकेको छ । तर, शिर्ष चारका लागि प्रतिस्पर्धा भने रोमाञ्चक देखिएको छ । चेल्सी र लेस्टर दुवै पराजित भएपछि शिर्ष तेस्रो र चौथो स्थानमा अन्य क्लबहरुले पनि प्रतिस्पर्धा गर्ने बाटो खुलेको हो ।

शिर्ष चारका लागि म्यानचेस्टर युनाइटेड, टोटनहम, उल्भ्स यस सिजन व्याक टु व्याक फर्ममा देखिएका छन् । यस सिजन म्यानु १४ खेलमा अपराजित रहेको छ ।

म्यानचेस्टरलाई शिर्ष चारमा पर्ने सुनौलो अवसर रहेको समिक्षकहरुले बताएका छन् ।

पाँचौ र छैटौँ स्थानमा रहेका म्यानु र उल्भ्सको ५२ अंक रहेको छ । त्यस्तै एक खेल कम खेलेको टोटनहम ४५ अंकका साथ लिगको आठौँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय