scheduleशनिवार श्रावण २४ गते, २०७७

गण्डकी प्रदेशमा थपिए ८ संक्रमित

पोखरा, १८ असार । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक आज विहान सार्वजनिक गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा तनहुुँका ३ जना, स्याङ्जा र पर्वतका २-२ जना र बाग्लुङका १ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १०१४ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँको ऋषिङ गाउँपालिकाका ३ पुरुषमा संक्रमण भेटिएको हो ।

त्यसैगरी स्याङ्जाको कालीगण्डकी र वालिङका १-१ जना पुरुषमा संक्रमण भेटिएको हो भने पर्वतको कुश्मा र फलेवासका १-१ जना पुरुषमा पनि कोरोना भेटिएको हो ।

बाग्लुङको बाग्लुङ नगरपालिकाका १ पुरुषमा पनि संक्रमण भेटिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । गण्डकीमा हालसम्म २९७ जना उपचाचरपछि निको भइसकेका छन् भने हालसम्म २ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय