scheduleबिहिवार आश्विन १५ गते, २०७७

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं, १८ असार । लगातार बढेको सुनको मुल्य बिहीबार एकैदिन ७ सयले घटेको छ । बुधबार हालसम्मकै उच्च ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको सुनको मुल्य बिहिबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ९१  ह‍जारमा कारोबार भएको छ ।

यस्तै,  बिहिबार चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँ कायम छ। अघिल्लो दिन चाँदी ९ सय ६० रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय