scheduleबुधवार श्रावण २१ गते, २०७७

आज सुनचाँदीको भाउ घट्यो

काठमाडौं, १८ असार । सुनको भाउ आज एकैदिन ७ सय रुपैयाँले घटेको छ । हिजो ९१ हजार ७०० पुगेर नयाँ रेकर्ड बनाएको मूल्य आज फेरि घटेर ९१ हजार नै तोकिएको छ ।

कोरोना महामारीका कारणले गर्दा अस्थीर रहेको सुनचाँदीको मूल्य गएको आइतबार र सोमबार ९१ हजार नै कायम गरिएको थियो भने मंगलबार २ सय रुपैयाँले बढेर ९१ हजार २०० पुगेको थियो ।

हिजो पुनः ५०० ले बढेर ९१ हजार ७०० पुगेको सुनको मूल्य आज फेरि घटेको हो ।

हिजो तोलामा १५ रुपैयाँले बढेर ९६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि आज तोलामा १०१ रुपैयाँले घटेर ९ सय ५० निर्धारण गरिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय