scheduleशनिवार श्रावण २४ गते, २०७७

ओलीबिनै सुरु भयो नेकपाको स्थायी समिति बैठक

काठमाडौं, १८ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ । विहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा एक घण्टासम्म प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली उपस्थित नभएपछि उनको अनुपस्थितिमै बैठक सुरु गरिएको हो ।

सवा १२ बजेबाट सुरु भएको बैठकको अध्यक्षता प्रचण्डले गरेका छन् । १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका थिए ।

शितलनिवासबाट ढिलो गरी फर्किएका अध्यक्ष ओली मन्त्रिपरिषद बैठकको तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय