scheduleशनिवार श्रावण २४ गते, २०७७

मन्त्रिपरिषद बैठकः संघीय संसदको चालू अधिवेशन आजैबाट अन्त्यको सिफारिस

काठमाडौं, १८ असार । मन्त्रिपरिषदको बैठकले संघीय संसदको चालु अधिवेशन आजैबाट अन्त्यको सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चालू वर्षे संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आज साँझ पाँच बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।

मन्त्रिपरिषद् बैठकमा लेखराज भट्ट बाहेकका पूर्वमाओवादी पक्षका मन्त्रीहरु उपस्थित थिएनन् ।

बालुवाटारमै सत्तारुढ नेकपाको बैठक पनि जारी छ । अध्यक्ष ओलीकै उपस्थितिमा बैठक सवा १२ बजेबाट सुरु गरिएको हो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय