scheduleशनिवार श्रावण २४ गते, २०७७

कोरोना संक्रमित ४९ दिने शिशुको मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाडौं, १८ असार । घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा  उपचारका लागि भर्ना भएका ४९ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए ।

शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएका उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।

म्याग्दी घर भएका उक्त शिशुको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय