scheduleशनिवार श्रावण २४ गते, २०७७

ओली-दाहाल वार्ताका लागि नेकपा स्थायी समिति बैठक स्थगित

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । विहीबार बिहान केहीबेर बसेपछि बैठक स्थगित भएको हो ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ताको लागि बैठक स्थगित गरिएको हो ।

विहीबार ११ बजे बोलाइएको बैठक अध्यक्ष ओलीको अनुपस्थितिका कारण सवा १२ बजे सुरु भएको थियो । बैठक जारी रहँदा रहँदा ओलीले मन्त्रिपरिषद बोलाएर संसदको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेसँगै नयाँ अवस्था सिर्जना भएको हो ।

मन्त्रिपरिषद बैठक अघि ओलीले राष्ट्रपति निवास शितलनिवासमा ४० मिनेट समय बिताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय