scheduleशनिवार श्रावण २४ गते, २०७७

ओलीले नेकपाका ४ शीर्ष नेतालाई छलफलका लागि बोलाए

काठमाडौं, १८ असार । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीका चार शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । बिहीबार बिहान सवा १२ बजेबाट सुरु भएको बैठक पार्टीका अध्यक्षद्वय प्रचण्ड र ओलीबीच संवादका लागि भन्दै स्थगित गरिएको छ ।

अध्यक्षद्वयको छलफलअघि ओलीले अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई बोलाएका हुन् । बैठकमा महासचिव विष्णु पौडेललाई पनि ओलीले सहभागी गराएका छन् ।

सुरुमा पाँचजना शीर्ष नेता बसिरहेको भएपनि केही समयपछि महासचिव पौडेल बैठक कक्षमा प्रवेश गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय