scheduleशनिवार श्रावण २४ गते, २०७७

राष्ट्रपतिलाई भेट्न प्रचण्ड पुगे शितल निवास

काठमाडौं, १८ असार । नेकपाका अध्यक्ष प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद अन्त्य गर्न सिफारिस गरेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर प्रचण्डले ओलीसँग बालुवाटारमै भेट गरेका थिए।

ओलीसँगको छोटो भेट पछि प्रचण्डले पार्टी सचिवालय सदस्यहरूसँग परामर्श गरेलगत्तै उनी राष्ट्रपतिलाई भेट्न शितल निवास गएको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल स्थायी कमिटीको बहुमतले भए पनि प्रधानमन्त्रीले राजीनामा गर्नु पर्ने निर्णय गर्ने पक्षमा छन्।

ओली-प्रचण्ड भेट भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिइन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय