scheduleशनिवार श्रावण २४ गते, २०७७

पोखराका १ सहित गण्डकीमा थपिए १७ संक्रमित

पोखरा, १८ असार । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक आज दिउँसो सार्वजनिक गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा लमजुङका १६ जना र कास्कीका १ जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १०३१ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा लमजुङको बेशीसहर नगरपालिकाका ३ पुरुष, दोर्दी गाउँपालिकाका २ पुरुष, मध्यनेपाल नगरपालिकाका ४ पुरुष, दुधपोखरीका १ पुरुष, सुन्दरबजारका ३ पुरुष र १ महिला, र मर्स्याङ्दी र राइनासका १-१ पुरुष गरी कुल १६ जनामा संक्रमण भेटिएको हो ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिकाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज दिउँसो म्याग्दीका १ जना डेढ महिने शिशुको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएपछि गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय