scheduleशनिवार श्रावण २४ गते, २०७७

सत्याग्रहमा रहेका युवाहरूको माग पूरा गर्न सरकार तयार, युवाहरुको जीवनरक्षा गर्न माग

काठमाडौं, १८ असार । विभिन्न मागहरु राख्दै असार १२ गतेदेखि सत्याग्रहमा उत्रिएका युवाहरुको टोलीलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भेटेका छन् ।

विहीबार ‘इनफ इज इनफ’ समूहका प्रतिनिधिहरुसँग स्वास्थ्यमन्त्री ढकालले भेट गरेका हुन् । मन्त्री ढकालले सत्याग्रहीहरुको माग जायज भएको प्रतिक्रिया दिएको उक्त समूहले जनाएको छ ।

सत्याग्रहीहरुले उठाएका मागहरुलाई सम्बोधन गर्नेबारे विहीबार नै पुनः मन्त्रालयमा वार्ता गर्न मन्त्री ढकाल तयार भएका छन् । सत्याग्रहीका प्रतिनिधिहरुले आफूहरुले उठाएको माग सर्वोच्च अदालतको आदेश र मानव अधिकार आयोगको सिफारिसमा आधारित माग भएकोले यसलाई तत्काल कार्यान्वयनमा लैजान माग गरेका छन् ।

मन्त्री ढकालले सत्याग्रहीका कतिपय मागहरु यसअघि नै सरकारले पूरा गरिसकेको र कतिपय मागहरु पनि पूरा गर्न सकिने बताए ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित मागहरु पूरा गराउन ई, पुकार बम, सुनद गुरुङ र सुबानि सिजापति असार १२ गतेदेखि आमरण अनसनसहित सत्याग्रहमा बसिरहेका छन् । अनसनकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । एकजना अनसनकारी गुरुङ भने स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना भइसकेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय