scheduleशनिवार श्रावण २४ गते, २०७७

राष्ट्रपति भेटेर बालुवाटार फर्किए प्रचण्ड

फाइल फोटो

काठमाडौं, १८ असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितलनिवासबाट बालुवाटार फर्किएका छन् । विहीबार स्थायी समितिको बैठक छाडेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी शितलनिवास पुगेका थिए ।

प्रचण्डले भण्डारीसँग शितलनिवासमा झन्डै एक घन्टा बिताए । यसअघि आजै अर्का अध्यक्ष केपी ओलीले शितलनिवासमा ४० मिनेट बिताएका थिए ।

संसदको बर्खे अधिवेशन स्थगन, प्रधानमन्त्री केपी ओलीले ल्याउन सक्ने सम्भावित अध्यादेशलगायतबारे प्रचण्डले राष्ट्रपतिसँग जिज्ञासा राखेका थिए ।

प्रचण्ड फर्केसँगै बालुवाटारमा पुनः स्थायी समिति सुचारु हुनसक्ने सम्भावना रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय