scheduleआइतवार श्रावण २५ गते, २०७७

पुनः सुरु भयो नेकपा स्थायी समिति बैठक, ओली आएनन्

काठमाडौं, १८ असार । सत्तारुढ नेकपाको स्थायी समिति बैठक पुनः सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक विहीबार बिहान सवा १२ बजेबाट सुरु भएर केहीबेरमै रोकिएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पार्टी बैठकमा नआएर शितलनिवास गएपछि बैठक रोकिएको थियो ।

यसैबीच बसेको मन्त्रिपरिषदको बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस गरेपछि अध्यक्षद्वयबीच भेट भएको थियो । भेटमा पार्टीमा छलफल नगरी किन संसदको अधिवेशन अन्त्य गरेको भन्दै प्रचण्डले प्रश्न गरेका थिए ।

ओलीले जवाफमा ‘म एमाले ब्युँताउँछु, तपाईं जे गर्नुछ गर्नुस्’ भन्ने जवाफ दिएका प्रचण्डले आफ्ना निकटस्थहरुलाई बताएको स्रोतले जनाएको छ । लगत्तै प्रचण्ड प्रधानमन्त्रीको सम्भावित कदमलाई ध्यानमा दिँदै शितलनिवास पुगेका थिए ।

शितलनिवासमा एक घण्टा बिताएका प्रचण्डले राष्ट्रपतिलाई गुटभन्दा माथि उठेर राष्ट्र र लोकतन्त्रको पक्षमा निर्णय गर्न अनुरोध गरेका थिए ।

प्रचण्ड शितलनिवासबाट बालुवाटार फर्किएपछि नेकपाको स्थायी समिति बैठक विहीबार दोस्रोपटक सुरु भएको हो । बैठकमा अर्का अध्यक्ष ओली उपस्थित छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय