scheduleशनिवार श्रावण २४ गते, २०७७

राष्ट्रपति ज्यू, जिम्मेवारीको दुरुपयोग नगर्नुस्, गणतन्त्रकै अवमूल्यन भयो : गगन थापा

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो जिम्मेवारीको दुरुपयोग गरेको बताएका छन् । राष्ट्रपति व्यक्ति नभई संस्था भएको भन्दै उनले पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु र गराउनु जिम्मेवारीको दुरुपयोग भएको बताएका हुन् ।

सामाजक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले राष्ट्रपति जस्तो व्यक्तिलाई पार्टीको विवादमा संलग्न गराउनु संस्थाको मर्यादाको खिलाफमा भएको बताए । उनले यस्तो गैर जिम्मेवार क्रियाकलाप गणतन्त्रकै अवमूल्यन भएको समेत बताएका छन् ।

नेता थापाले राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च भएको कुरा सम्झाईरहन नपर्ने समेत बताएका छन् ।

यस्तो छ नेता थापाको ट्वीट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय