scheduleबुधवार श्रावण २१ गते, २०७७

प्रधानमन्त्रीकाे राजिनामा माग्ने कुरामा कुनै तर्क छैन : गोकुल बाँस्कोटा

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क नभएको बताएका छन् ।

सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठनुमा कुनै तर्क नभएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने भन्दै उनले संवादबाटै निकास खोज्नुपर्ने बताए ।

नेकपासित विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुने बाहेकको विकल्प नभएको भन्दै उनले यस्तो बेलामा दुईवटा स्कुलिङको द्धन्द्धपनि देखिएको र त्यो कुरा नेताहरुलाई थाहा रहेको बताए ।

बैठकमा राजिनामाको कुरा उठ्नु स्वभाविक भएको भन्दै उनले लोकतन्त्रमा आफ्ना कुरा सबैले राख्न सक्ने तर अहिले सम्म लक्षमण रेखा कसैले ननाघेको बताए ।
उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको पदबाट राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए ।

नेता बाँस्कोटाले संसद अधिवेसन अन्त्य गर्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेता र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत जानकारी रहेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय