scheduleबिहिवार श्रावण २९ गते, २०७७

आइसोलेशन कक्षमा मृत्यु भएका सदाको न्यायको माग गर्दै प्रदर्शन

जनकपुरधाम, १८ असार । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा मृत्यु भएका राजु सदाको न्यायको माग गर्दै दलित संघर्ष समितिले आज जनकपुरधाममा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले मृतक सदालाई न्याय र अस्पतालका चिकित्सकलाई कारवाहीको माग गरेका हुन् । आरडीटी नतिजा पोजेटिभ आएपछि हंसपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय सदालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा जेठ २९ गते भर्ना गरिएकोमा उहाँको असार ९ गते मृत्यु भएको थियो ।

झाडापखाला लागेको अवस्थामा अस्पतालका चिकित्सकले पानीसम्म नदिएका कारण छटपटिएर राजुको मृत्यु भएको भन्दै समितिले आज न्यायको मागसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले कही राउण्ड अश्रुग्यास तथा हवाइ फायर प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रदर्शनकारी मुख्यमन्त्री कार्यालय नजिक अनियन्त्रित भएपछि भीडलाई नियन्त्रण गर्नका लागि केही राउण्ड अश्रुग्यास प्रहार गरिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय