scheduleबिहिवार श्रावण २९ गते, २०७७

भरतपुर कोभिड-१९ प्रयोगशाला: चितवनका १ सहित २१ जनामा संक्रमण पुष्टि

चितवन, १८ असार । भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका १९ जना र चितवन र पर्साका १-१ जना छन् ।

अस्पतालले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार नवलपरासी पूर्वको कावासोती नगरपालिकाका ११ पुरुष र ३ महिला, मध्यविन्दु नगरपालिकाका ४ पुरुष र १ महिलाामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै जिल्लास्थित क्वारेनटाइनमा रहेका व्यक्तिहरु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत पर्साको बन्जारियाका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरको क्वारेन्टाइनमा रहेका भरतपुर-४ का एकजना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा असार १८ गते संकलित २१६ स्वाबको परीक्षणमा २१ वटाको रिपोर्ट पोजेटिभ आउँदा अन्य १९५ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय