scheduleशनिवार श्रावण २४ गते, २०७७

‘स्वतन्त्र हङकङ’ को माग गर्दै लाखौंको प्रदर्शनः के होला हङकङको भविष्य ?

साझापोस्ट टिप्पणी

काठमाडौं, १८ असार । गत मंगलबार चिनियाँ सरकारले हङकङको लागि नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेसँगै जनअसन्तोष विष्फोट भएको छ । कोरोेना महामारीको लकडाउन बीच बुधवार र विहिवार ठूला जनप्रदर्शन भएका छन् । विहीबारको जनप्रदर्शनमा दशौं हजार मानिस सामेल भएको र उनीहरु ‘स्वतन्त्र हङकङ’ को माग गरेको साउथ चाइना मर्निङ पोष्टले समाचार लेखेको छ ।

प्रदर्शनकारीले ‘एक राष्ट्र, एक हङकङ ’, ‘स्वतन्त्रताका लागि लडौं, हङकङको साथ उभियौं’, ‘हामीलाई स्वतन्त्र हङकङ चाहिन्छ,’, ‘हङकङ चीन हैन’ जस्ता नारा लगाएका थिए । उनीहरुले ‘स्वतन्त्र हङकङ’ को झण्डा समेत प्रदर्शन गरेका थिए । प्रदर्शकारीमाथि प्रहरी व्यापक दमन गरेको थियो । बिहीबारको प्रदर्शनबाट मात्र ३ सय बढी गिरफ्तार भएको बताइएको छ ।

नयाँ कानुनले हङकङ स्वायक्तताको खारेजी अभिव्यक्ति स्वतन्त्रता र प्रर्दशनको अधिकारमाथि बन्देज लगाएको छ । साथै स्वतन्त्र हङकङको माग गर्ने विखण्डनकारीलाई चीन मूलभूमिको अदालतमा कानुनी सजायको प्रक्रिया प्रारम्भ गर्ने बताएको छ ।

यो घोषणासँगै हङकङ अदालतका प्रमुख न्यायधिश जोफ्रेरी मा ताइओ लाई बर्खास्त गरिएको छ । शहरमा हङकङ पुलिसको साटो चीन मूल भूमिबाट ल्याइएको नयाँ सुरक्षा दस्ता प्रयोग गरिएको छ ।

नयाँ सुरक्षा कानुनमा अभिव्यक्ति स्वतन्त्रता बन्देज गरिने प्रावधानको डरले हङकङबासीहरु धामधा ट्वीटर एकाउन्ट बन्द गर्न थालेका छन । उच्च तथा उच्च मध्यम बर्गले ताइवान वा वेलायत बसाई सर्ने योजना बनाउँन थालेको समाचारमा उल्लेख छ ।

बेलायतले सन् १९९७ अघि जन्मिएका हङकङबासीलाई नागरिकता तथा पार्सपोर्ट दिन सकिने घोषणा गरेको छ । हङकङमा यस्ता नागरिक ४० लाखसम्म हुन सक्ने यी मानिस बेलायत पलायन भए हङकङको अर्थतन्त्र र महत्व कमजोर हुने चीन सरकारको ठहर छ ।

चीनले वेलायती प्रधानमन्त्री बोरिस जोहन्सनको उप्त घोषणाको कटु आलोचना गरेको छ । चीनले भनेको छ– यो सन् १९८४ को बेलायत-चीन सहमति विरुद्धको घोषणा हो । हङकङमाथि चीनको सार्वभौमसत्ता छ । यहाँका बासिन्दाले चीनको सार्वभौमसत्ता तहत जीवनयापन गर्नेछन् ।

हङकङको संक्षिप्त इतिहास

हङकङ पूर्वी–दक्षिण चीनको समुन्द्री किनार क्षेत्र हो । सन् १५१३ मा पोर्चुगल नागरिक जर्ज एलभारेज पुग्दा त्यो २० वटा ससाना गाउँ, २००० तैराकी मछुवारे र कुल ३,५०० जनसंख्या भएको क्षेत्र थियो । एलभारेजले सानो स्टल निर्माण गरी चीन–युरोप व्यापार प्रारम्भ गरेका थिए । प्रकारान्तले हङकङलाई पूर्वी एशियाको मुटु र चीनको प्रवेशद्धारा भन्न थालियो ।

प्रथम अफिम युद्ध (१८३९–१८४२ ) मा बेलायतले हङकङले कब्जा गर्यो । चीन-बेलायत नानकिङ सम्झौता मुताबिक त्यहाँ वेलायती शासन शुरुवात भयो । दोस्रो अफिम युद्ध (१८५६–१८६० ) मा वेलायतको शासनअधिकार र क्षेत्र अझ विस्तार भयो । सन् १८९८ मा चीन–वेलायत पेकिङ सम्झौता बमोजिम थप २६२ ससाना टापुसहित ९९ वर्षको लिज सम्झौता भयो ।

सन् १९७८ मा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र चिनियाँ सर्वोच्च नेता देङ सियाओ. पिङले हङकङ फिर्ताको प्रक्रिया प्रारम्भ गरे । देङ ‘एक देश, दुई राजनीतिक प्रणाली’ लागू गर्न राज भए । सन् १९८४ डिसेम्बर १९ मा संयुक्त घोषणमार्फत् हङकङ चीनलाई फिर्ता हुने प्रष्ट पारियो ।

सन् १९९० अप्रिल ४ मा चिनियाँ जनसंसदले ‘बेसिक ल अफ हङकङ’ पास गर्‍यो जो हङकङका लागि संविधान सरह हो । सन् १९९७ जुलाई १ मा हङकङ चीनलाई फिर्ता भयो । बेलायतले कब्जा गरेको मिति सन् १८४१ देखि गणना गर्दा १५६ वर्ष हङकङमा बेलायती शासन चल्यो ।

आज हङकङको जनसंख्या ७५ लाख पुगेको छ । क्षेत्रफल भने ११०४ वर्ग किमी छ । हङकङ संसारकै सर्वाधिक जनघनत्व भएको शहरमध्ये एक हो । हङकङको प्रतिव्यक्ति आए ६८ हज्जार डलर छ । अमेरिकी डलर र हङकङ डलरको विनिमय दरमा ७ डलरको मात्र भिन्नता छ ।

हङकङ संसारकै महत्वपूर्ण व्यापारिक केन्द्र मध्ये एक हो । मानवीय विकास सुचकांकमा हङकङको स्कोर ०.९३३ छ जो निक्कै उच्च हो । हङकङमा ९२% हान जातिका चिनियाँ बसोबास गर्दछन । बाँकी ८% मा फिलिपिनो, इन्डोनेसियन र साउथ एशियन छन । करिब डेढ शतााब्दि बेलायतले शासन गरेको शहरमा बेलायतीहरु भने करिब २ लाख ५० हज्जार मात्र छन ।

हङकङ द्विभाषिक शहर हो । ९२% हङकङबासी चिनियाँ बोल्दछन भने ५७ % ले अंग्रेजी बोल्न सक्दछन । चिनियाँ र अंग्रेजी– दुबै भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ । तर, हङकङबासीले बोल्ने भाषा मूल चीनियाँ हानहरुले बोल्ने मेन्डरिन हैन ।

उनीहरु एक प्रकारको प्रादेशिक चिनियाँ भाषा बोल्दछन जुन मूलतः चीनको गोन्जायो प्रान्तमा बोलिन्छ । एक सर्वेक्षण अनुसार ७२% चिनियाँ मुलका हङकङबासीहरु नै आफूलाई चिनियाँ ठान्दैनन् ।

गैर–चिनियाँले त्यस्तो ठान्नु स्वभाविकै हो । यसरी हेर्दा ८०% हङकङबासीहरु ‘हङकङनर’ नयाँ राष्ट्रियताको पक्षमा छन । उनीहरु हङकङलाई स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न देश बनाउन चाहन्छन् ।

नयाँ सुरक्षा कानुन र बेसिक लको अन्त्य
बेलायतको उपनिवेशबाट फिर्ता भएपछि ‘बेसिक ल अफ हङकङ’ अनुसार हङकङको शासनप्रशासन संचालन थियो ।

बेसिक लको धारा ३१ मा भनिएको थियो– ‘एक देश, दुई प्रणालीको मान्यता अनुरुप हङकङमा समाजवादी प्रणाली लागु गरिने छैन, पूर्ववत पुँजीवादी प्रणाली र जीवनशैली ५० वर्षसम्म कायम रहन दिइने छ ।’

यो सम्झौता अनुरुप चीनले हङकङमा चीन मुलभूमिको जस्तै एदलीय साम्यवादी शासन प्रणाली लागू गर्न सन् २०४७ सम्म पर्खिनु पर्ने हुन्थ्यो ।

तर गत मंगलवारदेखि लागू भएको नयाँ राष्ट्रिय सुरक्षा कानुनले धेरै हदसम्म बेसिक ललाई निस्क्रिय बनाउँछ । चीनले हङकङमा साम्यवादी शासन लागू गर्न हतारो गरेको कारण यो स्थिति आएको धेरैको विश्लेषण छ ।

अर्काथरि विश्लेषक भने हङकङले कुनै न कुनै दिन यो नियति भोग्नु नै थियो, त्यो सोचेभन्दा छिटो आएको ठान्दछन् ।

चीन आफ्नो इरादामा टसमस हुने कुनै सम्भावना देखिँदैन । महाशक्ति सरह उदय भइरहेको चीनले यथाशिघ्र हङकङमा नियन्त्रण कायम गर्ने प्रयत्न गर्नेछ । यो टसलले हङकङको भबिष्यलाई कतातिर लान्छ, अहिले यसै भन्न सकिने अवस्था छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय