scheduleबिहिवार श्रावण २९ गते, २०७७

गेटाफेविरुद्ध रियल मड्रिडको कठिन जित, बार्सिलोनासँग बनायो चार अंकको दुरी

काठमाडौँ, १९ असार । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिडले गेटाफेलाई १-० गोलले पराजित गर्न सफल भएको छ । यस सिजन व्याक टु व्याक फर्ममा देखिएको रियलले लगातार ६ खेलमा जित हात पार्न सफल भएको छ ।

त्यस्तै बार्सिलोनासँगको अंकदुरी पनि बढाउन सफल भएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफको ७९ औँ मिनेटमा रियलले पेनाल्टी पायो जसलाई सर्जियो रामोसले गोलमा परिणत गरे । योसँगै लिगको शिर्ष स्थामा रहेको रियलले ३३ खेलमा ७४ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७० अंक रहेको छ । गेटाफे ५२ अंकका साथ लिगको छैटौँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय