scheduleसोमवार श्रावण २६ गते, २०७७

टोटनहमको नमिठो हार

काठमाडौँ, १९ असार । प्रिमियर लिगमा टोटनहमलाई सेफिल्ड युनाइटेडले नमिठो झट्का दिएको छ । गएराति भएको खेलमा टोटनहम सेफिल्डसँग ३-१ गोलले पराजित भएको छ । सेफिल्डका लागि स्याण्डर बर्ग, लिस मोउसी, ओलिभर म्याकबर्नले एकएक गोल गरे ।

तीन गोललेपछि परेको टोटनहमका लाािग एकमात्र गोल ह्यारी केनले गरे । यस सिजन प्रत्येक खेलहरु जित्नै पर्ने दबाबमा रहेको टोटनहमलाई यो जितले शिर्ष चारमा पर्ने रणनीतिमा धक्का हानेको छ ।

यो हारसँगै टोटनहम ३२ खेलमा ४५ अंकका साथ लिगको नवौँ स्थानमा रहेको छ । त्यस्तै सेफिल्ड युनाइटेड ४७ अंकका साथ लिगको सातौँ स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय