scheduleसोमवार श्रावण २६ गते, २०७७

लिगलिडर लिभरपुलको लज्जास्पद हार

काठमाडौँ, १९ असार । लिगलिडर लिभरपुलले यस सिजनको दोस्रो हार भोगेको छ । गएराति भएको खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग ४-० गोलले पराजित भएको हो । सिटीको घरेलु मैदानमा भएको खेलको २५ औँ मिनेटमा म्यानसिटीले पेनाल्टी पाएको थियो जसलाई केभिन डि ब्रुनेले सदुपयोग गर्दै गोल गरे ।

खेलको ३१ औँ मिनेटमा रहिम स्टर्लिंगले गोल गरे । खेलको ४५ औँ मिनेटम फिल फोडेनले तीन गोलको अग्रता दिलाए । व्याक टु व्याक फर्ममा देखिएको म्यानचेस्टर सिटीले खेलमा प्रभाव जमाइराख्दा लिभरपुलले भने गोल फर्काउन सकेन ।

खेलको ६६ औँ मिनेटमा उल्टै लिभरपुलका खेलाडी अक्सलेड च्याम्बरलेनले आत्मघाती गोल गरे । प्रिमियर लिगमा यो लिभरपुलको पहिलो लज्जास्पद हार हो ।

प्रिमियर लिग च्याम्पियन बनिसकेको लिभरपुलले यस सिजन ३२ खेलम ८६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानसिटीको ६६ अंक भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय