scheduleबुधवार श्रावण २८ गते, २०७७

गुल्मीमा बाढीपहिरो: २ जना बेपत्ता, १ को जीवितै उद्दार

गुल्मी, १९ असार । गुल्मीमा बाढी र पहिरोका कारण २ जना बेपत्ता भएका छन् । गएराति बस्तीमाथि बाट खसेको पहिरोमा परी एक जना बेपत्ता भएका छन् । एकजनाको भने जीवितै उद्दार गरिएको छ ।

बेपत्ता हुनेमा एकजना बालिका रहेकी छन् भने उनका हजुरबुबा घाइते भएका छन् ।

त्यसैगरी पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल पुर्दा होटलमा बास बसेका एक जना व्यक्ति पनि सम्पर्कविहीन भएका छन् ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको बताइएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय