scheduleमगलवार श्रावण २० गते, २०७७

लिभरपुल आउने तयारीमा थियागो !

काठमाडौँ, १९ असार । लिभरपुलले बायर्न म्यनिखका स्टार खेलाडी थियागो आलाकान्टारालाई अनुबन्ध गर्ने तयारी गरेको छ । यस सिजन बायर्नको प्रमुख रोजाईमा पर्न असफल उनलाई लिभरपुलले अनुबन्ध गर्न चासो देखाएको हो ।

लिभरपुलका प्रशिक्षक उर्गे क्लप नयाँ मिडफिल्डरको खोजीमा रहेका छन् ।

केही समय अगाडि उनले थियागोको तारिफ पनि गरेका थिए ।

उनले आउने सिजनको तयारीका लागि थियागोलाई अनुबन्ध गर्न चाहेको बताइएको छ । उनलाई अनुबन्ध गर्न लिभरपुलले झण्डै ३५ मिलियन युराे तिर्नुपर्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय