scheduleसोमवार श्रावण २६ गते, २०७७

टिकटकको विकल्प बन्दै मोज एप, २ दिनमा ५० हजार डाउनलोड

एजेन्सी, १९ असार । भारतले केही दिन अघिमात्र प्रतिबन्ध लगाएको ५९ वटा एपलिकेशन मध्ये सबै भन्दा धेरै चर्चा टिकटकको भईरहेको छ । किनभने टिकटक लाई अरु एपको तुलनामा बढी नै रुचाइएको थियो ।

यो एप मनोरञ्जनका साथसाथै आफनो प्रतिभा शेयर गर्ने माध्यम पनि बनेको थियो । प्रतिबन्ध लागेसँगै अहिले प्रयोगकर्ताहरुले टिकटक जस्तै आफ्नो भिडियो शेयर गर्ने एपको खोजीमा छन् ।

पछिल्लो दुई दिनमा ुमोज एपलाई मानिसहरुले मन पराईरहका छन । यो एप दुई दिनमा पचास हजार भन्दा धेरै पटक डाउनलोड भईसकेको छ । यो एपको डाउनलोड लगातार वृद्धि भईरहेको पाइएको छ ।

मोज एप सोसल मिडिया जस्तै गरी निर्माण गरिएको छ । गुगल प्ले स्टोरमा यसले ४.३ को रेटिंग पाएको छ । यो एपको राम्रो पक्ष भनेको यो हिंदी, बंगाली , गुजराती, कन्नड र पंजाबी सहित १५ भाषामा उपलब्ध रहेको छ । भारतका विभिन्न राज्यका सबै भाषा समावेश गरिएको यस एपमा अंग्रेजी भाषा भने समावेश गरिएको छैन ।

मोज टिकटक जस्तै सानो भिडियो शेयर गर्ने एप हो । वास्तवमा भन्नुपर्दा यो एक भारतीय लोकल एप हो । यसमा प्रयोगकर्ताले आफ्नो भिडियो बनाउनुका साथौ अरुको भिडियोलाई हेर्न र शेयर गर्न पाइन्छ ।

भिडियोको समयसीमा १५ सेकेंड रहेको छ । उक्त बनाएकोे भिडियोलाई फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर जस्ता सामाजिक सञ्जालमा पनि सजिलोसँग शेयर गर्न पाइन्छ ।

खास गरेर मोज एपमा नृत्य, संगीत, कमेडी, ब्लग, खाना, मनोरञ्जनात्मक समाचार, हाँसयास्पद भिडियो, र लभ सायरी जस्तो धेरै बिषयबस्तु समावेश गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय