scheduleबुधवार श्रावण २८ गते, २०७७

गुल्मी पहिरो : १८ महिने बालकसहित दुईको मृत्यु

गुल्मी, १९ असार । गुल्मीको इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा१८ महिनाका बालक र ७ वर्षीया बालिकाको ज्यान गएको छ ।

मृत्यु हुनेमा १८ महिने बालक सुरज सारु र बालिका अपिच्छा खत्री रहेको प्रहरीले जनाएको छ ।

बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले उद्धार गरेका थिए । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएका छन् ।

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालिका-२ का भागिरथ घिमिरे सम्पर्कबिहीन भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय