scheduleमगलवार श्रावण २० गते, २०७७

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन

पोखरा, १९ असार । देशका विभिन्न स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भइरहेका बेला शुक्रबार पोखरामा पनि विद्यार्थी र युवाहरुले ओलीको समर्थनमा प्रदर्शन गरेका छन् ।

विहानैदेखि भइरहेको वर्षाको समेत वास्ता नगरी पोखराको मानवअधिकार चोकमा प्रदर्शनमा उत्रिएकाहरुले भारतको विपक्षमा नारा समेत लगाएका थिए ।

भारतले चलखेल गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको भन्दै  ‘भारतीय दलाल होसियार’ जस्ता नारा लगाएका  प्रदर्शनकारीहरुले ‘देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्र माथि’ लगायतका नारा लेखिएका ब्यानरहरु प्रदर्शन गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीलाई पछिल्लो समय राजीनामा दिन पार्टीभित्रैबाट दबाब आइरहेको छ । विभिन्न स्थायी समिति सदस्यहरु पनि सोही अडानमा रहेपछि उनी पार्टीभित्रै अल्पमतमा परेका थिए ।

बिहीबार स्थायी समिति बैठकमा समेत अनुपस्थित ओलीले राष्ट्रपतिमार्फत संसद अधिवेशन अन्त्य समेत गराएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय