scheduleमगलवार श्रावण २० गते, २०७७

सुदूरपश्चिम प्रदेश : आठ महिने बालिकासहित ३९ जना संक्रमित थपिए

महेन्द्रनगर, १९ असार । सुदूरपश्चिम प्रदेशमा आठ महिने बालिकासहित ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार  थप ३९ जना कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

कैलालीका ४ महिला, ९ पुरुष, डोटीका एक महिला, १२ पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ महिला, ४ पुरुष, बैतडीका एक ८ महिने बालिका सहित एक महिला र दुई पुरुष, अछामका दुई पुरुष तथा बझाङका एक पुरुषमा संक्रमण पुष्टि भएको अस्पताललले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय