scheduleशुक्रवार श्रावण २३ गते, २०७७

शुक्रबार थपिए ७४० संक्रमित, कुल संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं, १९ असार । नेपालमा पछिल्लो २४ घण्टामा ७४० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ८२३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।

मंगलबारसम्म २ लाख ४२ हजार २४७ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख ५ हजार ६२९ छ ।

अहिलेसम्म ३५ हजार ४७२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ८४ जना आइसोलेसनमा रहेका छन् ।

थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएुँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय