scheduleशनिवार श्रावण २४ गते, २०७७

शनिबार फेरि छलफल गर्ने सहमतिसँगै ओली-प्रचण्डको आजको छलफल सकियो

काठमाडौं, १९ असार । करिब २ घण्टाजतिको ओली-प्रचण्डबीचको छलफल बिना निष्कर्ष सकिएको छ । यद्यपि भोलि स्थायी कमिटी बैठकअघि पुनः एकपटक छलफल गर्ने सहमतिसँगै आजको छलफल सकिएको हो ।

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागी उक्त छलफल दिउँसो करिब साढे १२ देखि सुरु भएर साढे २ बजेसम्म चलेको थियो ।

छलफलमा सहभागी एक नेताका अनुसार दुई अध्यक्षबीच सौहाद्रपूर्ण छलफल भएको र प्रधानमन्त्री ओलीले भोलि स्थायी कमिटीको बैठकअघि एकचोटि फेरि छलफल गर्ने प्रस्ताव गरेकामा प्रचण्ड सकारात्मक देखिएसँगै आजको बैठक सकिएको हो ।

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

पछिल्लो केही दिनयता चरम उत्कर्षमा पुगेको नेकपाभित्रको विवादले गर्दा पार्टी नै फुट्ने हो कि भन्ने शंका उत्पन्न हुन थालेपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच वार्ता गर्ने निर्णय भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय