scheduleबुधवार श्रावण २१ गते, २०७७

यस्तो छ नेपालमा कोरोना संक्रमणको प्रदेशगत अवस्था

काठमाडौं, १८ असार । शुक्रबार नेपालमा थप ७४० जना कोरोना संक्रमण देखिएको छ । यससंगै संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

नेपालमा अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म कोरोना मुक्त हुनेको  संख्या ६ हजार १४३ र मृत्यु हुनेको संख्या ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय