scheduleबिहिवार श्रावण २९ गते, २०७७

हाम्रा प्रधानमन्त्री जनता बिर्सिएर यति/ओम्नी पोस्नमै मस्त भएः डा. भट्टराई

फाइल फोटो

काठमाडौं, १९ असार । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आम जनता र श्रमिकको पक्षमा काम गर्न नसकेको बताएका छन् ।

पत्रकार महासंघले श्रमजिवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकार महासंघले गरेको आन्दोलनलाई लक्षित गर्दै डा. भट्टराईले शुक्रबार एक ट्वीट सन्देशमा उक्त कुरा बताएका हुन् ।

‘सत्ताधारीहरूको मल्लयुद्धले कोरोना/भोक भाइरसले पीडित जनता र पत्रकार समेतका मुद्दा ओझेलमा पर्नु दु:खद छ,’ उनले भनेका छन्, ‘सबैका दु:ख खोतल्ने र सुसूचित गर्ने मिडियाकर्मीका दु:ख कसैले नसुन्नु झन् मार्मिक छ ।’

डा. भट्टराईले सत्ताधारीहरुले कुर्सीको मल्लयुद्धमा व्यस्त भएर जनतालाई बेवास्ता गरिरहेको निष्कर्ष निकालेका छन् । ‘अरू देशमा सरकारले आम जनता र श्रमिकलाई विशेष राहत दिएको छ तर हाम्रा प्रम यति/ओम्नी पोस्नमै मस्त !,’ डा. भट्टराईले भनेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय