scheduleसोमवार श्रावण २६ गते, २०७७

पहिरोमा परी घाईते भएकालाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याइयो

काठमाडौं, १९ असार । गुल्मीमा मध्यरातमा गएको पहिरोमा परी घाईते भएका पाँँच जना लाई उपचारका लागि काठमाडौं ल्याइएको छ । घाईते सबैलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको हो । उनीहरुलाई गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले सेनाको हेलिकोप्टरको व्यवस्था गरेका थिए ।

अविरल वर्षाँसँगै ईस्माको मल्दीमा विहिबार मध्य रातमा गएको पहिरोमा परी घाईते हुनेहरुमा ईस्मा गाउँपालिका १ का वर्ष ५ का आयुष खत्री, वर्ष ६४ का टिका बहादुर खत्री, वर्ष ९० की पुतली खत्री, वर्ष २२ की सृजना सारु र वर्ष २५ का बषन्त सारु रहेका छन् ।

शुक्रबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाईतेहरुको उद्धार गरेका थिए ।

वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन् । ज्यान गुमाउनेहरुमा ईस्मा गाउँपालिका १ मल्दीका १८ महिने वालक सिजन सारु र ईस्मा गाउँपालिका १ अन्तर्गत निस्ती ढाँडफाँटकी ७ वर्षकी वालीका अपेक्षा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंङ खड्काले बताएका छन् ।

पहिरोसँगै निस्ती खोलामा आएको वाढीले बगाउँदा मुसिकोट नगरपालिका २ का वर्ष ५५ का भागिरथ घिमिरे बेपत्ता भएका छन् । बाढीले बगाउँदा वेपत्ता भएका घिमिरेको खोजी कार्य जारी रहेको र शुक्रबार बेलुकीसम्म पनि उनी फेला पर्न नसकेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । पहिरोमा परी ज्यान गुमाएकाहरुको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याईपुर्याइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय