scheduleबिहिवार श्रावण २९ गते, २०७७

चितवन र नवलपुरका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, १९ असार । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले साँझ जारी गरेको प्रतिवेदन अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका ७ जना र चितवनका ६ जना छन् ।

नवलपरासी पूर्वको देवचुली नगरपालिकाका ५ पुरुष र २ महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी चितवनको भरतपुर महानगरपालिका वडा नं ६ का दुईजना पुरुष, वडा नं ३, ८, १६ र २७ का १-१ जना पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको पनि अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा असार १९ गते संकलित कुल २२८ स्वाब नमूनामध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २१५ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय