scheduleबुधवार श्रावण २८ गते, २०७७

सुदूरपश्चिम प्रदेशमा एकै दिन ५१५ जनामा कोरोना पुष्टि

कैलाली, १९ असार । सुदूरपश्चिम प्रदेशमा एकै दिन ५ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणका क्रममा उनीहरुमा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १४७ जना, त्रिवि शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा २०७ र धनगढीको सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

सबैभन्दा धेरै अछााममा २३०, कैलालीमा ५८, बाजुरामा ५३, डोटीमा ४७, कञ्चनपुरमा ४५, बैतडीमा ४०, डडेल्धुरामा २८ र बझाङमा १४ जना संक्रमित भेटिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय