scheduleआइतवार श्रावण २५ गते, २०७७

रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध बाल यौन शोषणको मुद्दा दायर

मलंगवा, १९ असार । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएकाे छ ।

सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको  बम्जनमाथि आरोप छ ।

बम्जनलाई लुकाउन छिपाउनमा सहयोग गरेका मतियार उनका सहयोगी तोक्तेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र जेबी गुरु भन्ने जीतबहादुर तामाङविरुद्ध पनि मुद्दा दायर भएको हो।

बम्जनले २०७३ साल साउन २० गते राति करिब सवा ९ बजेको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ जबर्जस्ती करणी गरेको आरोप छ। घटना भएको समयमा बालिका नाबालिक रहेको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय