scheduleसोमवार श्रावण २६ गते, २०७७

भारतमा कोरोनाः संक्रमित साढे ६ लाख पुग्यो, १८ हजार ७ सयको मृत्यु

एजेन्सी, २० असार । भारतमा कोरोना संक्रमितको संख्या साढे ६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २२ हजार ७ सयभन्दा धेरै संक्रमित भएपछि कोरोना संक्रमितको संख्या साढे ६ लाख पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा साढे ४ सयभन्दा धेरैको मृतकको संख्या १८ हजार ७ सय पुगेको छ । भारतमा ३ लाख ९४ हजार कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले पनि २ लाख ३६ हजार ९ सयभन्दा धेरै व्यक्तिको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । भारतमा कोरोना संक्रमितमध्ये ८ हजार ९ सय व्यक्ति गम्भीर अवस्थाका रहेका छन् ।

भारतमा अहिलेसम्म ९२ लाख ९७ हजारभन्दा धेरैमा कोराना परीक्षण गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय