scheduleबिहिवार श्रावण २९ गते, २०७७

एट्लेटिको मड्रीडको सहज जीत

काठमाडौं, २० असार । स्पेनिस लालिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रीडले सहज जीत निकालेको छ । घरेलु मैदानमा मालोर्कालाई ३-० ले पराजित गर्दै एट्लेटिकोले ३ अंक बटुलेको हो ।

मड्रीडको जीतमा अल्भारो मोराटाले दुई तथा कोकेले एक गोल गरे । २९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मोराटाले एट्लेटिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता पनि दोब्बर पारे ।

पहिलो हाफमा २-० ले अगाडि रहेको एट्लेटिकोका लागि कोकेले ७९औं मिनेटमा गोल गर्दै एट्लेटिकोको अग्रतालाई ३-० सम्म पुर्याए ।

जीतपछि एट्लेटिको ३४ खेलबाट ६२ अंक बटुल्दै लिग तालिकाको तेस्रो स्थानमा यथावत् छ । पराजित मालोर्का भने समान खेलबाट २९ अंक बटुल्दै तालिकाको १८औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय