थप एकजना कोरोना संक्रमितको मृत्यु

पोखरा, २० असार । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशभर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
गोरखा अस्पतालले आज विहान जारी गरेको प्रेस विज्ञप्तिलाई उल्लेख गर्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीका अनुसार गोरखाका १ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
यही असार १९ गते राति ९:५५ बजे कोरोना संक्रमण पुष्टि भएका पालुङटार-७ निवासी ४४ वर्षीय पुरुष निमोनियाबाट ग्रसित भइ आइसोलेसनमा उपचाररत रहेका थिए । उक्त व्यक्ति मधूमेहको समेत रोगी रहेको अस्पतालले जनाएको छ ।
उपचारकै क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा नविन थापाले बताएका छन् ।