scheduleशनिवार श्रावण २४ गते, २०७७

गोरखाका संक्रमित ३ दिनअघि मात्र गाउँ पुगेका

पोखरा, २० असार । शनिबार विहान उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएका गोरखा पालुङटारका कोरोना संक्रमित ३ दिनअघि मात्र गोरखा आइपुगेको खुलेको छ ।

असार १७ गते कतारबाट फर्किएका सो व्यक्ति पालुङटार-७ का वडाध्यक्षको पहलमा व्यवस्था गरिएको माइक्रोमा चढेर आएका थिए । त्यही साँझ गाउँ पुगेर वडा नं ७ को क्वारेन्टिनमा पुगेका उनको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि पठाइएको थियो ।

गाउँमा आइपुग्दै उनको स्वास्थ्य अवस्था केही असामान्य थियो । मधूमेहका रोगी रहेका उनमा निमोनियाको समेत जटिलता थियो । उनलाई इमरजेन्सीमा राखेर उपचार गर्न थालिएको थियो ।

यस्तैमा असार १९ गते पिसीआर रिपोर्ट पोजेटिभ आएपश्चात् उनलाई आइसोलेसनमा राखी उपचार गर्न गोरखा अस्पताल पठाइएको थियो । उपचारकै क्रममा शनिबार विहान उनको मृत्यु भएको थियो ।

उनी चढेर आएको माइक्रोमा विदेशबाट फर्किएका अन्य व्यक्तिहरु पनि रहेका र उनीहरु पोखरा लगायतका अन्य स्थानमा जानका लागि सवार थिए । यद्यपि उनीहरुको बारेमा भने हालसम्म कुनै विवरण प्राप्त नभएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय